गोरखा – गोरखाको नामजुङमा आज बिहान ट्याक्टर ठक्कर दिदाँ १ जना स्कुले बिद्यार्थीको मृत्यु भएको छ ।
शहिद लखन गाउँपालिका ९ को न्यार चोकमाल बिहान ७ः०० बजे ग. १ त ४५८२ नम्बरको ट्याक्टरले ठक्कर दिदा स्थानिय १३ बर्षका बिवश ढकालको मृत्यु भएको हो ।
बिहान स्कुलमा ट्युशन पढन गएका ढकाल बिद्यार्थी कम भएको भन्दै घर फर्कने क्रममा सडक छेउमा हिडीरहेका ढकाललाई ठक्कर दिदाँ उनको घटना स्थलमा नै मृत्यु भएको शहिद लखन गाउँपालिका ९ का वडाध्यक्ष रामप्रसाद लामिछानेले बताए ।
घटना स्थलमा अहिले जिल्ला प्रहरी कार्यालयको प्रहरी टोली पुगेको छ । उत्त ट्याक्टर खगीबाट बालुवा लिन जाने क्रममा घटना भएको थियो ।
मृत्तक ढकाल स्थानिय सरस्वती निमाविमाको कक्षा ७ मा अध्ययनरत बिद्यार्थी हुन् ।




















