गोरखा – गोरखा प्रहरीले बिभिन्न समयमा हराएका ७ थान मोवाईल खोजी गरि सम्वन्धीत धनीलाई बुझाएको छ ।
गोरखा जिल्ला भित्र विभिन्न समयमा मोबाईल हराएको भनि प्रहरी कार्यालयमा परेको उजुरीका आधारमा खोजी गर्दा फेला परेको ७ थान मोवाइल सोमबार मोवाइल धनीलाई बुझाइएको हो ।
जिल्ला प्रहरी कार्यालय गोरखा अहिले सम्म परेको उजुरीको आधारमा हराएका मोबाईल प्रयोग गर्नेहरु संग समन्वय गरी सम्वन्धी ब्यत्तीलाई बुझाउदै आएको छ । कार्यालयमा अझै पनि मोबाईल हराएका धेरै उजुरीहरु बाँकी रहेको सूचना अधिकारी एवं प्रहरी नायब उपरिक्षक प्रकाश दाहालले बताए ।




















