गोरखा – संसदीय शासन प्रणाली असफल भएको भन्दै परिवर्तनकालागि जनमत संग्रहको आवश्यता रहेको विप्लव नेतृत्वको नेकपा कम्युनिष्ट पार्टीका स्थायी कमिटी सदस्य धमेन्द्र बास्तोलाले धारणा ब्यत्त गेर ।
गोरखा सदरमुकाममा पत्रकारहरु संग कुरा गर्दै अहिलेको राजनीतिक समस्याको निकास खोज्न पनि जनमत संग्रहले बल पुग्ने भन्दै देशलाई बैज्ञानिक समाजबाद तर्फ रुपान्तरण गर्न आवश्यक रहेको नेता बास्तोलाले धारणा ब्यत्त गरेका हुन् ।
नेपाल कम्युनिष्ट पार्टी गोरखाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता बास्तोलाले आफुहरु एकिकृत जनक्रान्ति कार्यदिशा छोडेर संसदिय प्रणालीमा आएको नभई सवै मिलेर संसदिय प्रणालीको अन्य गरि बैज्ञानिक समाजबादमा जानुपर्छ भनेर शान्तिपूर्ण प्रक्रियामा आएको बताए ।
नेता बास्तोलाले अहिलेको राजनैति अवस्थाको चित्रण गर्दै संसद बिघटन एकपटक भईसके र फेरिपनि बिघटन हुनु अनिबार्य जस्तो देखिएको भन्दै यही संसदबाट कुनै प्रकारको नयाँ ननिस्कने ठोकुवा समेत गरे ।
कार्यक्रममा विभिन्न जिल्लाका ईन्चाजका साथै जेल ब्रेकर उमा भूजेलको समेत उपस्थिती रहेको थियो ।


