गोरखा – हालै सम्पन्न नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशको निर्वाचनमा गोरखा जिल्लाबाट सुशिलबावु श्रेष्ठ (कैलास) र राजेन्द्र न्यौपाने बिजयी भएका छन् । प्रदेशको निर्वाचनमा श्रेष्ठ सचिव (समावेसी) र न्यौपाने कोषाध्यक्षमा बिजयी भएका हुन् ।
सम्पन्न निर्वाचनमा श्रेष्ठले रुद्र श्रिस मगर संग ११४ मतान्तरले बिजयी भएका थिए भने न्यौपाने प्रतिद्वन्दी शालिकराम कोइराला र सागराज तिमिल्सीनालाई हराएका थिए । तिमिल्सीनाले २०५ मत र कोइरालाले २७७ मत पाएका थिए । बिजयी न्यौपानेले ४५३ मत ल्याएर बिजयी भएका थिए ।
जिल्लामा लामो समय देखी क्रियाशिल पत्रकार श्रेष्ठ हाल गोरखा समाचार दैनिक पत्रिका र गोरखा समाचार डटकमका सञ्चालक हुन भने न्यौपाने पछिल्लो समय मनास्लु डटकमका सञ्चालन हुन ।
दुवै बिजेता केन्द्रका बिपुल पोख्रेल संग एलान्स भएको पत्रकारहरुका उम्मेदवार हुन ।


