गोरखा – भत्तपुरमा कुटपिटमा संलग्न गोरखा पालुङटारका एक युवकलाई गोरखा प्रहरीले नियन्त्रणमा लिन सफल भएको छ ।
एक आपसमा झै झगडा गरी अर्का ब्यत्तीलाई अंगभंग गरी भत्तपुर अदातलतबाट कैद तथा जरिवानाहुने फैसला पछि फरार पालुङटार नगरपालिका ९ धुवाकोटका २२ बर्षिय राज कुमाललाई गोरखा प्रहरीले नियन्त्रणमा लिन सफल भएको हो ।
अदालतको फैसला संगै फरार रहेका कुमाललाई उनकै घर ठेगानामा रहेको सूचनाको आधारमा गोरखा प्रहरीले शुक्रबार पक्राउ गरी गोरखा जिल्ला अदालतमा पेश गरेको थियो ।
कुमाललाई भत्तपुर जिल्ला अदातलबाट १ बर्ष ११ महिना र ५० हजार नगद जरिवाना हुने फैसला संगै कुमाल फरार भएका थिए ।
शुक्रबार नै गोरखा जिल्ला अदालतले कुमाललाई कैद सजाय भूक्तानकालागि गोरखा कारागार चलन गरेको समेत जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।




















