गोरखा – नेकपा एमाले नेपाल–खनाल पक्षले जिल्लाको स्थानिय तहमा अध्यक्ष र सचिवको जिम्मेवारी तोकेको छ ।
पार्टी जिल्ला सचिवालयको बैठकले जिल्लाको विभिन्न स्थानिय तहको जिम्मेवारी तोकिदीएको हो । जस अनुसार गोरखा नगरपालिकाको अध्यक्षमा सिताराम बुढाथोकी र सचिवमा उदय सिंखडालाई दिईएको छ ।
उता पालुङटार नगरपालिकामा भने अध्यक्षमा अमृत काराखेती र सचिवमा चित्रबहादुर केसीलाई जिम्मेवारी दिईएको नेकपा एमाले खनाल–नेपाल समूहका जिल्ला अध्यक्ष यादव बस्नेतले बताए । त्यस्तै गरी आरुघाट गाउँपार्टी कमिटिको अध्यक्षमा नारायण ध्वज खड्का र सचिवमा राजिब गुरुङ, भीमसेन थापा गाउँपालिका अध्यक्षमा कविता अर्याल र सचिवमा प्रेमकुमार पुडासैनी, बारपाक सुलिकोट गाउँपार्टी कमिटिको अध्यक्षमा दलबहादुर भट्ट र सचिवमा टंक सारुलाई चयन गरेको नेकपा गोरखाले जनाएको छ ।
उता धार्चे गाउँपार्टी कमिटिको अध्यक्षमा शेरबहादुर गुरुङ र सचिवमा साने गुरुङ, शहिद लखन गाउँपार्टी अध्यक्ष गणेश थापा र सचिवमा रामचन्द्र पोखरेल, गण्डकी गाउपार्टी कमिटिको अध्यक्षमा निमेन्द्र गुरुङ, सचिवमा उत्तम पन्त, अजिरकोट गाउँपार्टी कमिटको अध्यक्षमा कपिल घले र सिरानचोक गाउँपार्टी कमिटिको अध्यक्षमा तिलकबहादुर बाँनियाँ चयन गरेको जिल्ला सचिव सानुमायाँ बस्नेतले जानकारी दिईन ।
बैठकले पार्टीको बिभिन्न जनबर्गिय संगठनको इन्चार्जको जिम्मेवारी समेत तोकिएको छ । युवा बिधार्थीको इन्चार्जमा द्रोणचार्य तिमिल्सेना, महिला इन्चार्जमा सानुमाया बस्नेत, उत्पिडित क्षेत्रमा रामबहादुर रम्तेल र आर नेपाली, किसान मोर्चामा उदय सिंखडा, जनजातीमा कृष्णमान श्रेष्ठ र टंक सारु, मजुदरमा गणेश गिरी, भूपू सैनिक तथा प्रहरीमा कमल बोगटी, पेशागत र शिक्षक फाँटमा टेकराज भट्टलाई पार्टीले जिम्मेवारी दिएको छ ।
त्यस्तै गरी खेलकुदमा प्रदिप सिंखडा र मुस्लिममा रजदिन मियाँलाई जिम्मेवारी दिएको पार्टीले जनाएको छ ।
बैठकले ०७८ साल बैशाख भित्रै पार्टीमा बरिष्ट नेता माधबकुमार नेपालको प्रमुख आतिथ्यतमा बृहत कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमको आयोजना गर्ने निर्णय समेत गरेको छ ।


