गोरखा – उत्तरी गोरखामा रहेका गोठालेहरुलाई सूचना प्रवाहमा पहुँच पुरयाउने उद्वेश्यका साथ रेडियो वितरण गर्न थालिएको छ ।
जिल्लाको धार्चे गाउँपालिकामा रहेको गोठालेहरुलाई आफ्नो पालिका भित्र भए गरेका तथा हुन लागेको कामका बिषयमा जानकारी दिने उद्वेश्यका साथ पालिकाले रेडियो वितरण गरेको हो ।
पालिकाका अध्यक्ष सन्तोष गुरुङका अनुसार पालिकामा हुने काम र गरेका कामका बिषयमा वेखबर उनीहरुलाई सन्देश दिने उद्वेश्यकासाथ उनीहरुलाई रडियो विरतण गरिएको हो । रेडियो संगै १ थान सोलार पनि वितरण गरिएको छ ।
रेडियोमा ब्याट्री सकिएको खण्डमा दिउसो चार्ज गरेर सुन्न सकोस भन्ने उद्वेश्यकासाथ सोलार पनि दिईएको पालिकाले जनाएको छ । पालिकाले हाल सम्म २० जना गोठालेलाई रेडियो सहित सोलार वितरण गरिसकेको छ ।
सन्देश प्रवाहकालागी भने जिल्ला भित्र रहेको रेडियो संग सहकार्य गरेर कार्यक्रम प्रशारण गरिने पालिकाले जनाएको छ ।




















