गोरखा – बहु बिवाह मुद्वामा गोरखा जिल्ला अदालत गोरखाबाट कैद सजाय तोकिए पछि फरार १ ब्यत्तीलाई गोरखा प्रहरीले नियन्त्रणमा लिन सफल भएको छ ।
अदालतको फैसला लगत्तै फरार गोरखा नगरपालिका वडा नम्बर १२ का ३२ बर्षिय अमृत कुमाललाई गोरखा प्रहरीले नियन्त्रणमा लिन सफल भएको जिल्ला प्रहरी कार्यालय गोरखाले पुष्टी गरेको हो ।
गोरखा प्रहरीले अदालतको फैसला कार्यान्वयन गराउने सिलसिलामा ११ महिना ११ दिन कैद तोकिएका फरार कुमाललाई पक्राउ गरी अदालतमा पेश गरेको र अदालतले कैद भूक्तानकालागि गोरखा कारागार पठाइएको छ ।


