गोरखा – विभिन्न मुद्वामा प्रहरी कार्यालय सम्म आएका सेवाग्राहीलाई मर्का परेको भन्दै प्रहरी आफैले निःशुल्क उजुरी र निवेदन लेख्ने काम शुरु गरेको छ ।
सेवाग्राहीले बाहिर उजुरी तथा निवेदन लेखाउदा मनलाग्दी मुल्य तिनुपर्ने भए पछि कार्यालयले प्रहरीलाई नै प्रयोग गरेर निःशुल्क लेखिदिन थालेको हो ।
कार्यालयले केही प्रहरी कर्मचारी ब्यवस्था गरेर कार्यालयको मुल द्वारमा नै सेवाग्राहीका उजुरी तथा निवेदन लेख्न थालिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी प्रमुख प्रहरी उपरिक्षक शेखर खनालले बताए ।
सोमबारबाट थालिएको यस्तो सेवाबाट धेरै नै सेवाग्राही लाभान्वित भएको कार्यालयले जनाएको छ । नागरिक सहायता कक्ष नाम दिईएको उत्त डेस्क दैनिक दर्जनौ सेवाग्राहीले सेवा लिन थालेको छ ।




















