साँकेतिक तस्बिर
गोरखा – सालको काठ तस्करी गर्न लागेको आरोपमा गोरखा प्रहरीले सालको काठ, ट्याक्टर सहित ४ जनलाइं नियन्त्रणमा लिएको छ ।
चैत्र १४ गते सनिबार दिउसो १ः३० बजे पालुङटार नगरपालिका १० जोगीडिही स्थित श्री पालुङगैरा सामुदायिक वनबाट सालको काठ तस्करी भएको भन्ने सूचनाको आधारमा प्रहरीले पालुङटार नगरपालिका १० जोगीडिही बस्ने बर्ष २५ को अनिल लामा, बर्ष २५ को सुनिल लामा र बर्ष ३० को सोनाम लामा सहित ट्रयाक्टर चालक सिरानचोक गाउँपालिका ४ बस्ने बर्ष २९ को सुजन सुनारलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
उनीहरुबाट प्रहरीले साल जातको काठ विभिन्न साईजको १० थान गोलिया र चिलाउने जातको विभिन्न साईजको २ थान गोलिया बरामद गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक प्रकाश दाहालले बताए । दाहालका अनुसार ना. ६ त ५८६३ नं. को ट्रयाक्टरमा ओसार पसार गर्दै गरेको अवस्थामा फेला परे पछि ट्याक्टर समेत नियन्त्रणमा लिईएको हो ।
पक्राउ परेका मानिस, ट्याक्ट र काठ आवश्यक कारवाहीकालागि आज डिभिजन वन कार्यालय गोरखामा बुझाईएको छ ।




















