गोरखा – गोरखाको लक्ष्मी बजारमा गोरक्षनाथ आश्रम राजबिद्या शक्ति केन्द्र पीठ निर्माणकोलागि मन्दिरको शिलान्यास गरिएको छ ।
गोरखा नगरपालिका ९ को शिखर डाँडामा निर्माण हुने उत्त पिठको एक कार्यक्रमका वीच गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्तले शिलन्यास गरेका हुन् ।
शिखर शैलीमा निर्माण गरिने उक्त मन्दिर मन्दिरको लागत १ करोड ६२ लाख लाग्ने अनुमान गरिएको छ । गोरखनाथ गुठीको नाममा रहेको ५१४ रोपनी क्षेत्रफलमा मन्दिर सहितका अन्य संरचना निर्माण हुने भएको छ । जसकालागि ६ करोड भन्दा बढी रकम खर्च लाग्ने अनुमान गरिएको छ ।
उक्त क्षेत्रलाई धार्मिक पीठको रुपमा बिकास गर्न योगशाला, गौशाला, प्रबचन कक्ष र ध्यान केन्द्रको समेत निर्माण हुने भएको छ । यी सबै संरचना निर्माणका लागि भने करिब ६ करोड रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ ।




















