लमजुङ – लमजुङको खुदीमा जुवा खेली रहेको अवस्थामा गोरखाका २ जना सहित ८ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा गोरखा जिल्ला गोरखा नगरपालिका ४ बस्ने ३१ बर्षका सिताराम गिरी र गण्डकी गाउँपालिका २ बस्ने ३५ बर्षका मदन पन्त रहेको लमजुङ प्रहरीले पुष्टी गरेको छ । उनीहरु संगै लमजुङ खुदी निवासी जगबहादुर तामाङ, चितवनका सुरेश केसी र बिण्णु गिरी समेत पक्राउ परेका छन् ।
सोही जुवा खालबाट लमजुङका तिलक घले, अनिल रिमाल र राजन सुयल समेत पक्राउ परेको लमजुङ प्रहरीले जानकारी दिएको छ ।
प्रहरीलाई खुदी पुरानोबजारको जगबहादुरको घरमा खुवा खेलेको बिशेष सूचनाको आधारमा प्रहरीले उत्त घरमा छापा मारेको थियो ।
प्रहरील उनीहरु संगै २ लाख ७७ हजार ३६० रुपैयाँ नगद र तास तथा कौडा समेत बरामद गरेको छ । पक्राउ परेका सबैलाई आईतबार जुवा ऐन अन्रतर्गत मुद्वा दर्ता गरी थप अनुसन्धान थालीएको प्रहरी कार्यालयले जनाएको छ ।




















