गोरखा – गोरखाको मनास्लु हिमाल आरोहण गरेर फर्किए लगत्तै सगरमाथा आरोहण गर्न आएका बहराईनका राजकुमारले ल्याउको कोरोना बिरुद्व खोपका कारण राजदूत पदम सुन्दास छानविनमा परेका छन् ।
दूई सुाता अघि मात्र सगरमाथा आरोहणकालागि आएको बहराइनका राजकुमार शेख मोहम्मद हमाद मोहम्मद अल–खालिफासहितको समूहले ल्याएको कोरोनाविरुद्धको खोपको ‘प्रमाणिकता’ विवादास्पद बनेपछि बहराइनस्थित नेपाली राजदूत सुन्दास अनुसन्धानमा तानिएका हुन् ।
बहराइनको टोली नेपाल हिँडेपछि त्यहाँस्थित नेपाली दूतावासले आफ्नो वेबसाइट मार्फत जारी गरेको विज्ञप्तिमा गोरखा जिल्लाको चुमनुब्री गाउँपालिका १ मा रहेका जनताका लागि कोरोना प्रतिरोधी खोप लगाइने उल्लेख गरिएको छ । टोलीले २ हजार भाइल ‘अस्ट्राजेनेका’ खोप साथमा रहेको दूतावासले विज्ञप्ति जारी गरे पनि उक्त खोप तोकेबमोजिम नपाइएको पनि अनुसन्धानमा भेटिएको छ ।
तर नेपालमा ल्याइएको खोप चिनियाँ सिनोफार्म कम्पनीको भएको पुष्टी भएको छ । आफुलाई थाहै नभएको विषयमा हतारमा कूटनीतिक प्रभाव देखाउन दूतावासले गलत सूचनाको विज्ञप्ति जारी गरेको आशंकामा राजदूत सुन्दास अनुसन्धानमा तानिएका हुन ।
संवेदनशील र मानवीय गम्भीर स्वास्थ्य स्थितिमाझ प्रयोग गर्नुपर्ने खोप परराष्ट्र मन्त्रालयको स्विकृती बिना नेपाल भित्रीएको थियो । औषधि व्यवस्था विभागका अनुसार उत्त खोपलाई निगरानीमा राखेको छ । खोप अहिले पनि त्रिभुवन विमानस्थलको कोल्डचेनमा नै राखिएको छ ।
विभागले भने अहिलेसम्म सिनोफार्म र कोभिसिल्डको खोप मात्र आयात गर्न अनुमति दिएको छ ।





















