गोरखा – गोरखामा बर्षेनी क्षयरोग (टिवी)का विरामी बढ्न थाले संगै परिक्षणकालागि आधुनिक मेशिन भित्राईएको छ ।
राष्ट्रिय क्षयरोग केन्द्रको सहयोगमा प्रदेश स्वास्थ्य व्यवस्थापन केन्द्र मार्फत क्षयरोगको परीक्षण गर्ने जेन एक्सपट मेसिन भित्रिएको हो ।
स्वास्थ्य कार्यालय गोरखाका निमित्त प्रमुख नरजंग ठकुरीका अनुसार उक्त मेसिनले रोग लागे नलागेको ३ घण्टा भित्रै पत्ता लगाउन सक्ने क्षमता राख्छ । यो मेशिनले बिरामीले सेवन गर्दै गरेको औषधीको प्रभावकारीको बारेमा समेत रिर्पोट दिनसक्ने क्षमता राख्ने कार्यालयल जनाएको छ ।
गोरखा अस्पताललाई उत्त मेशिन गएको शनिबार सरकारले हस्तारण गरेको हो । उत्त मेशिन केही समय भित्रै सञ्चालनमा ल्याउने तयारी गोरखा अस्पतालले गरिरहेको अस्पताल प्रशासनले जनाएको छ ।




















