गोरखा – गत बर्षको तुलनामा यो बर्ष गोरखामा क्षयरोग (टिवी)का बिरामीको संख्या बढेको छ ।
बुधबार स्वास्थ्य कार्यालय गोरखामा आयोजिक एक कार्यक्रममा चालु आर्थिक बर्षको ८ महिनामा गत बर्षको तुलनामा क्षयरोगका बिरामीहरुको संख्या बढेको जानकारी गराईएको हो ।
बिश्व क्षयरोग दिवसको सन्दर्भमा कार्यालय आयोजित कार्यक्रममा जिल्लामा यो आर्थिक बर्ष अहिलेसम्ममा १०७ जनाको टिबी रोग देखिएको रेकर्ड प्रस्तुत गरिएको थियो ।
गतबर्षको यहीँ अबधीमा ९८ जनामा यो रोग देखिको कार्यालयका निमित्त प्रमुख नरजंग ठकुरीले सञ्चारकर्मीहरुलाई जानकारी गराएका थिए । कार्यक्रममा गत बर्ष रोग पुष्टी भएका मध्ये ८० प्रति अर्थात ७८ जना क्षयरोगबाट मुक्त भएको समेत तथ्याङ सार्वजानिक गरिएको थियो ।
ठकुरीका अनुसार जिल्ला भित्र ९४ वटा स्वास्थ्य संस्थाबाट क्षयरोगका बिरामीहरुका निःशुल्क औषधी बितरण गरिने भएपनि ११ वटा स्वास्थ्य संस्थाहरुबाट मात्र त्यसको नियमित परीक्षण हुने गरेको छ । नेपालमा क्षयरोग रोग देखिएका मध्ये ५० प्रतिशतको खकारमा किरा देखिएका बिरामी हुने गरेको छ ।




















