गोरखा – गोरखाको लक्ष्मी बजारमा गोरक्षनाथ आश्रम राजबिद्या शक्ति केन्द्र पीठ निर्माण हुने भएको छ ।
गोरखा नगरपालिका ९ को आहाले डाँडामा शिखर शैलीमा पीठको निर्माण हुन लागेको गोरक्षनाथ आश्रम ब्यवस्थापन समितिले पत्रकार सम्मेलन मार्फत सार्वजानिक गरेको हो ।
गोरखनाथ गुठीको ५१४ रोपनी क्षेत्रफलमा रहेको जमिनमा पीठ निर्माणको थालनी हुन लागेको समितिका अध्यक्ष होम सिंह बस्न्यातले बताए । शिखर शैलीमा निर्माण हुन लागेको उत्त पीठकालागी १ करोड ६२ लाख खर्च हुने अनुमान गरिएको छ ।
पीठको एक कार्यक्रम बिच गोरखा नगरपालिकाका मेयर राजनराज पन्तले फागु पूर्णिमाका दिन बिहान १०ः३५ बजे शिलान्यास गर्ने कार्यक्रम समेत तय भएको समितिका अध्यक्ष बस्न्यातले जानकारी दिए ।
उत्त क्षेत्रमा पीठ संगै योगशाला, गौशाला, प्रबचन कक्ष र ध्यान केन्द्रको समेत निर्माण हुने भएको छ । यो सबै कामकालागि करिब ६ करोड रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । उत्त रकम स्थानिय, प्रदेश र संघिय सरकारका साथै चन्दादाताबाट उठाउने लक्ष्य राखिएको समेत अध्यक्ष बस्न्यातले पत्रकार सम्मेलनमा जानकारी दिए ।
अध्यक्ष बस्न्यातका अनुसार ०७५ सालमा सोही स्थानमा श्रीमद्भागवत महापुण लगाउदा बोलेको करिब १५ लाख रुपैयाँ समेत उठाएर सोही कार्यमा लगाईने भएको छ ।
हाल उत्त क्षेत्रमा प्रदेश सरकार मार्फत बन डिभिजन कार्यालय गोरखाले दिएको ५ लाखले यज्ञशाला निर्माण सम्पन्न भएको छ । धार्मिक मान्यता अनुसार गुरु गोरखानाथले उत्त भूमिमा बाल्यकाल बिताएको किमबदन्ती रहेदै आएको छ ।




















