गोरखा – बेरोजगार महिलाहरुलाई सिप सिकाउने उद्वेश्यका साथ गोरखाको बुंकोटमा असिष्टेन्ट ब्यूटीशीयन तालिम आजबाट सुरु भएको छ ।
प्राविधिक शिक्षा तथा ब्यवसायिक तालिम परिषद द्वारा मान्यता प्राप्त गोरखा पोलिटेक्निक इन्ष्टिच्यूट पालुङटार गोरखाको आयोजनामा शहिद लखन गाउपालीका ७ को बुंकोटमा तालिम सुरु भएको हो ।
६५ दिन सम्म चल्ने उत्र तालिम तह १ अन्तरर्गत ३९० घण्टा सञ्चालनमा आउने छ । तालिममा शहिद लखन गाँउपालिका ७ र ८ का २० जना महिलाहरुको सहभागीता रहेको छ ।
वडाध्यक्ष शरण श्रेष्ठको अध्यक्षतामा भएको तालिम उदघाटन कार्यक्रममा पालिकाका अध्यक्ष रमेशबावु थापा मगर प्रमुख अतिथी रहेका थिए । कार्यक्रममा गोरखा बहु प्राविधिक शिक्षालयका प्रमुख अर्जुन देवकोटा, उप प्रमुख कृण्णबहादुर श्रेष्ठ, वडा नम्बर ८ का वडाध्यक्ष काशीनाथ अंगाई, नेपाली काँग्रेसका गाँउपार्टी सचिव प्रेमबहादुर श्रेष्ठ, नेकपा माओबादी केन्द्र गणेश लम्साल, ब्यूटिशिन प्रशिक्षक तिलु थापा, मञ्जु गुरुङ सहितको उपस्थिती रहेको थियो ।




















