गोरखा – मानव सेवा आश्रम गोरखाले स्थापना दिवश सम्पन्न गरेको छ । ०७३ सालमा स्थापना भएको आश्रमको आज एक कार्यक्रम बिच स्थापना दिवश सम्पन्न गरेको हो ।
आश्रममा आयोजित स्थापना दिवशको अवशरमा जिल्ला समन्वय समितिका प्रमुख अशोककुमार गुरुङले दिप प्रज्वलन गरेर स्थापना दिवश मनाईएको थियो । प्रमुख अतिथी समेत रहेका गुरुङले कार्यक्रमलाई संम्बोधन गर्दै आफुले पनि आश्रमलाई आगामी दिनमा गच्छे अनुसारको सहयोग उपलब्ध गराउने बचन बद्वता ब्यत्त गरे ।
कार्यक्रममा गोरखा नगरपालिका मेयर राजनराज पन्त, सहायक प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारी, रिपु मर्दन गणका प्रमुख बिजय बस्नेत, जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरिक्षक शेखर खनाल, गोरखा नगरपालिका प्रमुख प्रशासकिय अधिकृत दिनेशराज पन्त, नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखाका सभापति भगवानबावु मास्के र अभिभावकका तर्फबाट विद्यादेवी मास्केले कार्यक्रममा शुभ कामना मन्तब्य राखेका थिए ।
संयोजक शित्तलकाजी मास्केको अध्यक्षतामा भएको कार्यक्रममा संरक्षक अभिभावक ईश्वरकाजी मास्केले स्वागत मन्तब्य राखेका थिए । कार्यक्रममा आश्रम सञ्चालिका मुना लामाले आर्थिक बर्ष ०७६÷०७७ को खर्च तथा आम्दानीको हिसाब सार्वजानिक गरेकी थिईन् ।
मानव सेवा आश्रम गोरखा ०७३ साल चैत्र ५ गते स्थापना भएको थियो । आश्रमले नेपालमा नै पहिलो पटक गोरखा नगरपालिकालाई सडक मानव रहित नगरपालिका घोषणा गरिसकेको छ ।




















