गोरखा – सदरमुकाममा रहेको सरस्वती माविका आहालेमा अध्ययनरत दृष्टि बिहिन बिधार्थीलाई छालाको जुत्ता वितरण गरिएको छ ।
गोरखा नगरपालिका ८ आहालेमा अध्ययनरत बिधार्थीहरुलाई सनफ्लावर सुज सेन्टरले जुत्ता उपलब्ध गराएको हो ।
दृष्टि बिहिन बिद्यार्थीहरुले जुत्ता पाए पछि खुशी भएको बिधालयले जनाएको छ । सेन्टरले बिधालयमा अध्ययनरत ११ जना बिधार्थीहरुलाई जुत्ता उपलब्ध गराएको हो ।




















