गोरखा – जिल्लाको शहिद लखन गाउँपालिकामा अपांगता भएकाहरुलाई सहायक सामग्री वितरण गरिएको छ ।
गाउँपालिका भित्र रहेका ७९ जना अपांगता भएका व्यक्तिहरुको पहिचान गरि आबश्यकताका आधारमा साहायक सामग्री बितरण गरिएको हो ।
गाउँपालिकाले उनीहरुलाई ह्रिवलचियर, करचेश, बैशाखी, सेतो छडी, श्रबण यन्त्र, ट्वाइलेट चियर लगायतका सामाग्री निशुल्क उपलब्ध गराएको हो । गाउँपालिका र प्रगतीशिल अपांगसंघको साझेदारीमा सहायक सामाग्री प्रदान गरिएको गाउँपालिकाले जनाएको छ ।




















