गोरखा – जिल्ला भित्र सवारी नियम उल्घंन गर्ने ८५० वटा ठुला तथा साना सवारी साधन कारवाहीमा परेका छन् ।
फागुन महिनामा जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाले जिल्लाको विभिन्न स्थानमा सवारी नियम उल्घंनगर्ने ८५० वटा ठुला तथा साना सवारी साधन कारवाहीमा परेको हो । कारवाहीबाट ५ लाख ९६ हजार राजश्व समेत संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
कार्यालयको नियमीत आरएससिसी चेकिङ्गका साथै अन्य समयमा ट्राफिक प्रहरीले चलाएको सवारी जाँच अभियानमा उत्त संख्यामा सवारी साधनहरु कारवाहीमा परेको हो । कार्यालयले उपलब्ध गराएको रेकर्ड अनुसार १४८ वटा ट्रक कारवाहीमा परेको छ । जसबाट १ लाख ४ हजार राजश्व संकलन भएको छ ।
त्यस्तै गरी १५५ वटा ट्रयाक्टर कारवाहीमा पर्दा १ लाख ७ हजार, १५७ वटा कार, जिप र भ्यान कारवाहीमा पर्दा १ लाख ८ हजार रुपैयाँ, १६६ वटा बस कारवाहीमा पर्दा १ लाख १२ हजार राजश्व संकलन भएको कार्यालयले जनाएको छ ।
सवारी नियम उल्घंन गर्नेमा दुई पाग्रें सवारी साधन रहेको छ । दुई पाग्रें अन्तरर्गत मोटरसाईकल र स्कुटर गरी २२४ वटा कारवाहीमा परको छ । कारवाहीबाट १ लाख ६५ हजार रुपैयाँ राजश्व संकलन भएको कार्यालयले जनाएको छ ।
फागुन महिनामा २ वटा ठुला सवारी दुर्घटना भएको थियो । दुर्घटनामा छाब्दी मन्दिर गएर फर्किएका शहिद लखन गाँउपालिका ३ का १ जना पुरुषको मृत्यु भएको थियो । फागुनमा मनकामनाको जीवन पाखा र गोरखा नगरपालिकाको १२ किलो बजार क्षेत्रमा दुर्घटना भएको थियो । दुर्घटनामा १६ जना घाईते भएका थिए ।
यसै बिच फागुन महिना भित्र कार्यालयले १६ पटक विभिन्न स्थानमा गरी ८०० मानिसलाई ट्राफिक सम्वन्धी सचेतना कार्यक्रम प्रदान गरिएको कार्यालय प्रमुख मित्रलाल ढकालले बताए ।


