गोरखा – महिला उद्यमी बिकास समितिको जिल्ला अध्यक्षमा सुशिला श्रेष्ठ सर्व सम्मत चयन भएका छन् ।
सनिबार उद्योग बाणिज्य संघ गोरखामा भएको चौथो अधिवेशनले श्रेष्ठलाई सर्व सम्मत अध्यक्षमा चयन गरेको हो ।
समितिको सवै पदाधिकारीहरु सर्व सम्मत भएका छन् । जसको उपाध्यक्षमा शुस्मा श्रेष्ठ, सचिवमा जुनाकुमारी विश्वकर्मा र कोषाध्यक्षमा रिता श्रेष्ठ चयन भएका छन् ।
त्यस्तै गरी सह कोषाध्यक्षमा रुपा गुरुङ र सदस्यहरुमा कल्पना श्रेष्ठ, विमा गुरुङ, सुकु राना, सरिता मास्के, रञ्जु घिमिरे र र्सिजना पाण्डे चयन भएको निर्वाचन समितिका सदस्य दिपेन्द्र श्रेष्ठले जानकारी दिए ।
रिता रेग्मीको अध्यक्षमा भएको अधिवेशनमा गोरखा नगरपालिका मेयर राजनराज पन्तको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा गोरखा नगरपालिका उप मेयर बिनाकुमारी श्रेष्ठ, गोरखा उद्योग बाणिज्य संघका अध्यक्ष जिवनज्योति श्रेष्ठ, निर्वतमान अध्यक्ष श्रवणकुमार जोशी र महिला उद्यमीका संस्थापक अध्यक्ष देवु मास्केले शुभ कामना मन्तब्य राखेका थिए ।




















