गोरखा – गोरखा बजार जामे मस्जिद तथा मदरसा इक्रामे मुस्लिम ब्यवस्थापन समितीको अध्यक्षमा बाबुदिन मियाँ सर्व सम्मत चयन भएका छन् ।
गोरखा नगरपालिका ६ स्थित पाटेचौरमा रहेको जामे मस्जिद तथा मदरसाको शुक्रबार भएको विशेष भेलाले मियाँलाई सर्वसम्मत चयन गरेको हो ।
ब्यवस्थापन समितिका अध्यक्ष हाजी जमिल मियाँले कार्यकाल नसकिदै पदबाट राजिनामा दिएपछि शुक्रबार भएको विशेष भेलाले बावुदिनलाई अध्यक्षमा चयन गरेको छ । शुक्रबार नै भएको भेलाले ७ सदस्यिय समिति गठन गरेको छ ।
समितिको उपाध्यक्षमा कम्रुदिन मियाँ, सचिवमा अब्दुल मियाँ र कोषाध्यक्षमा फजिर मियाँ चयन भएका छन् । त्यस्तै सदस्यहरुमा हाजी इस्माइल मियाँ, हाजी अहमदिन मियाँ, बसिर मियाँ सर्वसम्मत चयन भएका छन् ।
त्यस्तै हाफिज साहेव मियाँ र हाजी जमिल मियाँलाई सल्लाहकारमा चयन गरिएको छ । समितिले गोरखा बजारमा होस्टेल सहितको मदरसा सञ्चालान गर्दै आइरहेको छ ।
अध्यक्ष चयन भएका बाबुदिन मियाँ मुस्लिम अगुवाका रुपमा चिनिन्छन् ।
तस्बिर बावुदिन मियाँकाे फेसबुक पेजबाट कपी गरिएकाे




















