साँकेतिक तस्बिर
गोरखा – बिद्युत कर्मचारीहरुको लापरर्वाहीका कारण गोरखामा एक पसलमा आगलागी भएको छ । आगलागीबाट पसल पुर्णरुपमा नष्ट भएको छ ।
जिल्लाको आरुघाट गाउँपालिका २ को मान्बुमा बिद्युत कर्मचारीहरुको लापरर्वाहीका कारण सरिता विकले सञ्चालन गर्दै आएको पसलमा आगलागी हुदा पसल जलेर पुर्णरुपमा नष्ट भएको हो ।
धादिङको रिचेत हाईड्रो पावरबाट बसेरी तर्फको हाईटेन्सन लाईनमा आवश्यता भन्दा बढी विद्युत प्रवाह हुदा मान्बुको विजय घलेको घरमा डेरा गरी बस्ने सरिताको कस्मेटीक, फेन्सी र टेर्लरमा आगलागी भएको आरुघाट प्रहरीले जनाएको छ ।
आगलागीका कारण २० लाख मुल्य बरावरको क्षेति भएको गोरखा प्रहरीलाई उदृत गर्दै गण्डकी प्रदेश प्रहरीले जानकारी दिएको छ । आगलागीमा नगद १ लाख ५० हजार समेत जलेर नष्ट भएको प्रहरीले पुष्टी गरेको छ ।
प्रहरीको प्रारम्भीक अनुसन्धानमा हाइटेन्स लाईनमा भएको गडवडीका कारण घरको बिद्युत सर्ट भएर आगलागी भएको हो । घटनाको बिषयमा थप अनुसन्धान भई रहेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।




















