काठमाण्डौं – सामुदायिक रेडियो प्रशारक संघ (अकोराब)को महासचिव पदमा गोरखाका पत्रकार किशोरजंग थापा सर्वसम्मत चयन भएका छन् ।
राजधानीमा मंगलबारदेखि सुरु भएको संघको ७औं अधिवेशनबाट थापा महासचिवमा सर्व सम्मत चयन भएका हुन ।
नेपाल पत्रकार महासंघ गोरखा अध्यक्ष तथा गोरखा सदरमुकाममा संञ्चालित रेडियो गोरखा ९२.८ मेगाहर्जका स्टेशन मेनेजरका समेत थापा यस अघि पनि संघको बरिष्ठ उपाध्यक्षमा चयन भएका थिए । अघिल्लो पटक अध्यक्षमा उम्मेदवारी दिएका थापाले हार समेत ब्यहोरेका थिए ।
अधिवेशनले अध्यक्षमा अर्जुन विजयी भएका छन । अघिल्लो कार्यकालमा वरिष्ठ उपाध्यक्ष रहेका गिरी दाङस्थित रेडियो तुलसीपुरका स्टेशन म्यानेजर हुन ।
अध्यक्ष बाहेक सबै पदमा सर्व सम्मत भएको हो । वरिष्ठ उपाध्यक्षमा बिष्णुदत्त अवस्थी, महिला उपाध्यक्ष बन्दना दनुवार, समावेशी उपाध्यक्षमा भुवन सिंह, निमेष कर्ण र मिलन गाहा, कोषाध्यक्षमा सरोज पौडेल र सचिवमा सुदर्शन खतिवडा चयन भएका छन् ।




















