गोरखा – गोरखा सदरमुकाम क्षेत्रबाट मङ्गलबार साँझ एक वेवारिसे महिलालाई उद्वार गरिएको छ ।
गोरखा नगरपालिका ८ को खोलखोले क्षेत्रबाट साँझ उद्वार गरिएकी महिला मानसिक सन्तुलन गुमाएको भएकी मानव सेवा आश्रमले जनाएको छ । आश्रमले उत्त महिलालाई पहिचान गर्न सक्ने जो कोहीले पनि सम्र्पक गरी परिवार संग पुनःमिलन गराईदिन आग्रह समेत गरेको छ ।
अन्दाजि ३५/३६ बर्षकी ति महिलाले आफ्नो नाम उर्मिला दुलाल र घर चौतारा भएको बताउने गरेकी आश्रमले जनाएको छ । तस्बिर पहिचान गरेर चिन्नु हुने जो कोहीले पनि मानव सेवा आश्रम वा गोरखा समाचार दैनिकको कार्यालयमा सम्र्पक राखी उद्वार गरिदिन सक्नु हुने छ ।
महिलाको पहिचान खुलेको खण्डमा मानव सेवा आश्रम गोरखाको फो.न.०६४–४२०६९४ वा ९८४३३४७६१२ वा ९८०११४०५०९ मा सम्र्पक राख्न सक्नु हुने छ ।





















