गोरखा – गोरखामा नेपाल कम्युनिष्ट पार्टी (एमाले) पार्टी कार्यालय पुनःस्थापना गरिएको छ । कार्यालयमा उलब्ध पदाधिकारीहरुले आज पार्टी कार्यालयका ब्यानर हालेका हुन् ।
केही दिन अगाडी सर्वोच्च अदालतले गरेको फैसला अनुसार गोरखा नगरपालिका ८ को खोलखोले क्षेत्रमा रहेको मदन आश्रित स्मृती भवनको बोर्ड हटाएर एमाले पार्टी कार्यालय स्थापना गरिएको एमालेका जिल्ला अध्यक्ष पे्रम गुरुङले बताए ।
कार्यालय स्थापना अगाडी पत्रकारहरुसंग कुरा गर्दै अध्यक्ष गुरुङले बदलिदो परिस्थितीका संगै मुलुकको राष्ट्रिय राजनितले एउटा मोड लिएकोमा खुशी ब्यत्त गर्दै अब जिल्लामा एमाले पार्टी कार्यालय साविककै अवस्थामा फर्किएको बताए । ‘अबको केही दिन भित्रै जिल्लाको ११ वटै स्थानिय तहमा पार्टी कार्यालय स्थापना गर्छौ’ अध्यक्ष गुरुङले ‘संगै फागुन भित्रै सबै जन बर्गिय संगठनहरुको पनि कार्यालय स्थापना गरी सक्ने’ भने ।
एमालेको जिल्लामा ६३ सदस्यीय जिल्ला कार्य समिति सदस्य भएता पनि करिब १ दर्जन सदस्यहरुको उपस्थितीमा कार्यालय स्थापना गरिएको थियो । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजन संगै ११ जना जिल्ला सदस्य दाहाल–नेपाल पक्षमा गएका थिए ।
यता साविक माओवादी पक्षका भने पर्ख र हेरको नितीमा रहेका छन् । उनीहरुले पनि केही दिन भित्रै कार्यालय स्थापना गर्ने तयारी गरिरहेको बुझीएको छ ।
पार्टी कार्यालय स्थापनामा विप्लप माओवादीका कार्यकताकाे समेत उपस्थिती रहेकाे थियाे ।




















