गोरखा – अन्तराष्ट्रिय नारी दिवशको अवशरमा गोरखाको घ्याम्पेशाल बजारमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
गोरखा र पोखरामा भएको ५ वटा सामाजिक संस्थाको आयोजनामा भिमसेन थापा गाउँपालिका १ को घ्याम्पेशाल बजारमा शिविर सम्पन्न भएको हो । शिविरबाट ४६० जनाले लाभ लिएका थिए ।
सामुदायिक सेवा केन्द्र गोरखा, सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र पृथ्वीचोक पोखरा, दुर्गम स्वास्थ्य सेवा केन्द्र पोखरा, लायन्स क्लब अफ गोरखा, भिमसेन थापा गाउँपालिका र जाल्पा लघु बित्तिय संस्थाको संयुत्त आयोजना भएको शिविरमा स्त्री रोग, आँखा जाँच, बालरोग, जर्नरल र हाड जोर्नी सम्वन्धी विशेषज्ञहरुले सेवा दिएका थिए ।
उत्त शिविरमा सबै भन्दा धेरै आँखा रोगीहरुले सेवा लिएको आयोजक मध्ये सामुदायिक सेवा केन्द्र गोरखाले जनाएको छ ।
शिविरमा १८३ जनाको आँखा जाँच गरिएका मध्ये ९ जनाको मोतियाँ बिन्दुको अप्रेशन गराउनु पर्ने भएका कारण जिल्ला सदरमुकाममा रहेको आँखा अस्पतालमा सम्र्पकमा आउन भनिएको छ ।
शिविरकालागी पोखराबाट विशेषज्ञहरुको टोली आएका थिए । शिविरमा ईसिजी तथा चिनीरोगको पनि निःशुल्क परिक्षण गराईएको थियो ।
ग्रामिण क्षेत्रमा बसोबास गर्नेहरुको स्वास्थ्यमा पहुच पुरयाउने उद्वेश्यका साथ आयोजना गरिएको शिविरमा करिब ३०० जनालाई १ लाख ५० हजार भन्दा बढीको औषधी निःशुल्क वितरण गरिएको आयोजक संस्थाहरुले जनाएका छन् ।



























