गोरखा – जिल्लाको गण्डकी गाउँपालिकामा शिक्षकहरुको क्षमता अभिबृद्धिकालागी २ दिने तालिम सम्पन्न भएको छ ।
पालिका भित्र कक्षा ४ र ५ मा अध्यापन गराउदै आएकासामुदायिक शिक्षकहरुलाई तालिम प्रदान गरिएको हो ।
तालिममा गण्डकी प्रदेश राष्ट्रिय परीक्षा बोर्डका उपसचिव नवराज पौडेल, गण्डकी प्रदेश शिक्षा बिकास निर्देशनालयका शाखा अधिकृत दिपेन्द्र परियार लगायतले सहजीकरण गरेका थिए ।
करुणा फाउण्डेशनको सहयोगमा भएको तालिममा पालिका भित्रका ४१ जना शिक्षक शिक्षिकाहरुको सहभागिता रहेको शिक्षा शाखाले जनाएको छ ।




















