गोरखा – जिल्लाको बुंकोटमा दन्त शिविर सम्पन्न भएको छ । शहिद लखन गाउँपालिका ७ को बुंकोटमा आज दाँतका रोगीहरुकोलागी शिविर सञ्चालन गरिएको हो ।
लायन्स क्लब अफ आँबुखैरेनी सिटीको आयोजना तथा ओम बिराज डेण्टल केयर गोरखाको प्राबिधिक सहयोगमा बुङकोट स्वाथ्य चौकीमा १ दिने निस्शुल्क दन्त शिविर भएको हो । शिविरमा १०४ जनाले सेवा लिएको वडाध्यक्ष शरण श्रेष्ठले बताए ।
शिविरमा डा.ओसिन थापा ओम बिराट डेण्टल केयर गोरखा सञ्जय अधिकरी लगाएत ५ जना प्राबिधिक टोलीले बिरामीहरुको उपचार गरेका थिए ।
तस्बिर सौजन्य शरण श्रेष्ठ


