फाईल तस्बिर
गोरखा – सवारी साधानमा ट्राफिकको निगरानी बढन थाले पछि साता दिनमा ५० सवारी साधान कारवाहीमा परेका छन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाले गएको साता आरएससिसी जाँचका क्रममा ठुला तथा साना गरी ५० सवारी साधान कारवाहीमा परेका हुन् । कारवाहीबाट ४४ हजार रुपैयाँ राजश्व समेत संकलन भएको छ ।
जिल्ला भित्रको विभिन्न स्थानमा सप्राईज चेकिङका क्रममा निजी तथा सार्वजानिक गरी ५० ठुला साना सवारी कारवाहीमा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखामा प्रमुख मित्रलाल ढकालले बताए । ‘साताको ४ दिन हामीले सडकमा बसेर गरेको चेक जाँचका क्रममा सवारीका आवश्यक कागजपत्र नलिएर सवारी चलाएकाहरु मध्ये ५० सवारी साधानलाई कारवाही गरेका छौ’ प्रमुख ढकालले बताए ।
गएको साता अर्थात फागुन ६ गते देखी १५ गते सम्म जिल्लाको ४ भिन्न स्थानमा गरिएको चेकजाँचका क्रममा उत्त संख्यामा सवारी कारवाहीमा पर्दा ४४ हजार रुपैयाँ राजश्व संकलन भएको कार्यालयले जनाएको छ ।
त्यस मध्ये करिब ७० प्रतिशत २ पाग्रें सवारी कारवाहीमा परेको छ । कारवाहीमा परेका सवारीहरु मध्ये सवारी अनुमती पत्र नभएका, चालक अनुमती पत्र नभएका र लापरर्वाही पूर्वक सवारी चलाएका तथा सवारी साधनलाई स्वरुप परिवर्तन गरेकाहरु कारवाहीमा परेका थिए ।
कार्यालयमा मोटर साईकलबाट जफत गरिएका साइलेन्सरहरु
जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार सडकमा सवारी जाँचको क्रमलाई अझै तिब्रता दिईने जानकारी दिईएको छ ।





















