गोरखा – गोरखाको छेवेटारमा सुविधासम्पन्न बहुउपयोगी भवन निर्माण सम्पन्न भएको छ ।
गोरखा नगरपालिका १० को छेवेटार बजारमा आइओएमले बहुउद्वेश्य प्रयोजनकालागी भवन निर्माण गरिदिएको हो ।
आइओएमले १ करोड ६ लाख ९६ हजार रुपैयामा निर्माण गरेको उत्त भवन सोमबार एक कार्यक्रमका बिच गोरखा नगरपालिकाकालाई हस्तान्तरण समेत गरेको छ । कार्यक्रममा गोरखा नगरपालिकाका मेयर राजनराज पन्त र आइओएमकी नेपाल प्रमुख लोरेना लेण्डोले सयुक्त रुपमा भवनको उद्घाटन गरेका थिए ।
उदघाट्न कार्यक्रममा मेयर पन्तले यस्ता भवनहरु विपदको पूर्वतयारीका लागि ब्यवस्थापन गर्ने गरी प्रयोगमा ल्याईने बताए ।
सोही कार्यक्रममा बोल्दै आइओएमकी नेपाल प्रमुख लोरेना लेण्डाले विपदमा परेका नेपाली जनतालाई सहयोग गर्न पाएको खुसी लागेको बताइन् ।
जनताबाट जनताका लागि सहयोग पुर्नलाभ र पुर्ननिर्माणद्धारा उत्थानशिल समुदाय निर्माण पिटुपी परियोजना अन्तरर्गत बहुउदेश्यि सामुदायीक केन्द्र निर्माण गरिएको गोरखा नगरपालिकाले जनाएको छ ।
सोही अबसरमा आइओएमले विपद्का समय प्रयोगमा आउने ३० यन्त्र उपकार सामाग्री पनि गोरखा नगरपालिकालाई हस्तान्तरण गरेको थियो ।





















