धादिङ – राजधानीबाट गोरखा जादै गरेको बस आज धादिङ्गको मछेडी खोलामा बिहान दुर्घटनामा परेको छ । दुर्घटनामा अप्रिय घटना नभए पनि केही यात्रु घाईते भएका छन् ।
काठमाण्डौंबाट गोरखा आउदै गरेको ना.५ख ५०७० नम्बरको बस सुर्खेतबाट राजधानी तर्फ जादै गरेको ना.५ ख ४४११ नम्बरको बस संग ठक्कर खाएको धादिङ प्रहरीले पुष्टी गरेको हो । दुर्घटनामा केही यात्रु घाईते भएको र उनीहरुको गल्छी उपचार भई रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा दुवै बसका चालक पनि घाईते भएको प्रहरीले पुष्टी गरेको छ । दुर्घटनाका बिषयमा अनुसन्धान थालिएको धादिङ प्रहरीले जनाएको छ ।
तस्बिर सौजन्य रेखा लोप्चान





















