गोरखा – जिल्लाको विभिन्न स्थानिमा बस्ने २ जना बालिकालाई बलात्कार गरेको आरोपमा २ जना पुरुषलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्राप्त विवरण अनुसार जिल्लाको गण्डकी गाउँपालिका ४ को गैरीगाउँकी बालिकालाई बलात्कार गरेको आरोपमा ८७ बर्षका केदारप्रसाद देवकोटा र गोरखा नगरपालिकाकी एक बालिकालाई बलात्कार गरेको आरोपमा आरुघाट गाउँपालिका ६ आरुआरबाङ्ग निवासी २६ बर्षका काशिराम सुनारलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिएका दुवै पुरुषलाई गोरखा जिल्ला अदालतमा मुद्वा दर्ता गरी थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । दुवै जना पिडीत बालिकाले प्रहरीमा उजुरी दर्ता गराए पछि पिडकलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको हो ।
प्रहरी कार्यालयबाट प्राप्त जानकारी अनुसार गोरखा नगरपालिकाको १४ बर्षिया बालिकालाई आफैले आश्रय दिएर राखेको र पटक पटक बलात्कारमा परे पछी प्रहरीको सम्र्पकमा आए पछि आरुआरबाङ्ग कल्लेरीका सुनारलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
त्यस्तै गरी गण्डकी गाउँपालिकाकी १३ बर्षिया बालिकालाई देवकोटाले बलात्कार गरेको भन्दै उनका आफन्तले प्रहरीमा निवेदन दिएका थिए । यता गोरखा नगरपालिकाकी १४ बर्षिया बालिकालाई ललाई फकाई मामा घर लगिदिने भन्दै आफ्नै घरमा राखेर बलात्कार गर्दै आएका थिए ।
बालिका लामो समय सम्म पनि आफन्तको सम्र्पकमा नआए पछि उनको खोजी गर्दा सुनारले आफ्नै घरमा राखी अनैतिक काम गर्दै आएको पुष्टी भएको हो ।
यता देवकोटाले बालिकालाई गाईबस्तु लिएर गोठालो जाने क्रममा पटक पटक बलात्कार गरे पछि बालिकाको स्वास्थ्यमा समस्या आएको र स्वास्थ्य जाँच गराउदा बलात्कार भएको पुष्टी भए पछि परिवारलाई बालिकाले सबै जानकारी गराएका थिए ।




















