गोरखा – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहको गोरखा जिल्ला सचिवमा यादव बस्नेत मनोनित भएका छन् ।
नेकपा केन्द्रिय कमिटीले केही दिन अगाडी गरेको निर्णय आज सार्वजानिक गरे संगै यादब गोरखा जिल्लाको सचिवमा मनोनित भएका हुन् ।
यस अघि कार्यालय सदस्य रहेका यादवलाई जिल्ला सचिवनमा मनोनय गरेको जानकारी प्राप्त भएको नेकपा गोरखा पार्टी कार्यालयले जनाएको छ ।
यादवले आफुलाई पार्टीले न्याय गरेर दिएको पदको सम्मान गर्नुका साथै जिम्मेवारी पूर्वक कार्यभार सम्हाल्ने बताए ।
नेकपा ओली समूहले केही महिना पहिला केन्द्रिय सदस्यमा चयन गरेका यादवले जिल्लामा पत्रकार सम्मेलन गरी आफु ओली समूहमा नरहेको जानकारी गराएका थिए ।




















