गोरखा – गोरखाको बारपाकमा घर भित्र ३ जना मृत्त अवस्थामा फेला परेका छन् ।
बारपाक सुलिकोट १ को बारपाकमा एउटै घर भित्र १ जना पुरुष र २ जना महिला मृत्त फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाले पुष्टी गरेको हो । मृत्तक सबैको मुखबाट फिज आएको प्रहरीले जनाएको छ ।
कार्यालयले उपलब्ध गराएको सूचना अनुसार मृत्यु हुनेमा ८४ बर्षका दिलबहादुर गुरुङ, २२ बर्षिया आईतकुमारी गुरुङ र १३ बर्षिया उषा गुरुङ रहेका छन् । दिलबहादुर र आईतकुमारी ससुरा बुहारी हुन भने उषा उनीहरुका नातेदार भएको स्थानियले जानकारी दिएको छ ।
स्थानिय खेम घलेका अनुसार आज बिहान अबेर सम्म पनि घरको ढोका नखुले पछि घर भित्र गएर हेर्दा तिनै जना मृत्त अवस्थामा देखीए पछि प्रहरीलाई खबर गरेका थिए ।
अहिले प्रहरीले घरको सुरक्षा दिई रहेको जौबारी प्रहरी चौकीबाट प्रहरी निरिक्षकको नेतृत्वमा थप प्रहरी घटना स्थल तर्फ गएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी प्रमुख सुरेन्द्रबहादुर गुरुङले जानकारी दिए ।




















