गोरखा – गोरखाको बाह्रकिलो बजारमा यात्रुबाहक बस दुर्घटनामा परेको छ । दुर्घटनामा ८ जना भन्दा बढी यात्रु घाईते भएका छन् ।
गोरखा बजारबाट नारायणगढ तर्फ जादै गरेको ना.१ ख ४१०४ नम्बरको बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय गोरखाले पुष्टी गरेको छ ।
बाह्रकिलो बजारमा सवारी रोकेर चालक झरे पछि बस गुडेर नजिकैको जंगलमा खसेको थियो । बस दुर्घटना हुदा ८ जना भन्दा बढी यात्रु घाईते भएको स्थानियले बताए ।
दुर्घटनामा परेका ब्यक्तिका अनुसार चालकले सवारी रोकेर झरेको केही बेरमा नै बस आफै गुडेर जंगलमा पुगेको थियो ।
घाईते सबैलाई गोरखा अस्पताल तर्फ ल्याउने काम भई रहेकोले कती मानिस घाईते भएका छन् एकिन गर्न नसकिएको कार्यालयले जनाएको छ ।
तस्बिर : नारायण भट्ट























