गोरखा – गोरखाको ज्याब्रुङपाखामा गए राती जीप दुर्घटना भएको छ । जीप दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ भने अन्य ९ जना घाईते भएका छन् ।
जिल्लाको शहीद लखन गाउँपालिका ३ को ज्याब्रुङपाखामा भएको बुधबार राती तनहुँको आँबुखैरेनीबाट गोरखाको मनकामनातर्फ जाँदै गरेको ग. १ च ८७९२ नम्बरको बोलेरो जीप दुर्घटना हुदा सोही क्षेत्रका ३३ बर्षका तोपनारायण श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाले पुष्टी गरेको छ ।
दुर्घटनामा परी अन्य ९ जना घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाले जनाएको छ । घाईते सबैको आबुखैरेनीको छिम्केश्वरी अस्पतालमा उपचार भइरहेको छ ।




















