गोरखा – गोरखा सदरमुकामको रानीबन क्षेत्रबाट प्रहरीले ठुलो मात्रामा रक्सी र रक्सी पार्ने कच्चा पदार्थ बरामद गरेको छ ।
गोरखा नगरपालिका ८ को रानिबन क्षेत्रको एक घरबाट प्रहरीले ठुलो मात्रामा कच्चा पदार्थ र तयारी रक्सी बरामद गरेको हो । बरामद सामाग्री आज नै प्रहरी कार्यालय परिषर भित्र नष्ट गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरिक्षक सुरेन्द्रबहादुर गुरुङ्गका अनुसार रानीबन क्षेत्रको एक घरबाट ७०० लिटर रक्सी बनाउने पदार्थ र तयारी अवस्थाको ७५ लि.रक्सी बरामद गरिएको जानकारी दिए ।
बरामद पुरै सामाग्री आजै (बुधबार) प्रहरी कार्यालय परिषर भित्रै नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । सामाग्री संगै १ जना घर बेटी र रक्सी बनाउने १ जना महिलालाई नियन्त्रणमा लिएको थियो ।
दुवै जनालाई पहिलो पटक सम्झाई बुझाई अब आईन्दा त्यस्तो कार्य नगर्ने शर्तमा छाडीएको प्रहरी कार्यालयले जनाएको छ ।


























