काठमाण्डौं – नेपाल पत्रकार महासंघको २६ औं केन्द्रिय महाधिवेशनमा गोरखा शाखालाई सम्मानीत गरिएको छ ।
प्रेस तथा अभिब्यक्ति स्वतन्त्रताको रक्षा र श्रमजीवी पत्रकारहरुको हितमा योगदान पु¥याएको भन्दै महासंघले गोरखा शाखालाई सम्मानीत गरेको हो ।
महासंघका केन्द्रिय अध्यक्ष गोविन्द आचार्यको अध्यक्षता तथा उपराष्ट्रपति नन्दकिशोर पुनको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सञ्चार तथा सुचना प्रविधी मन्त्री पार्वत गुरुङले गोरखा शाखाका अध्यक्ष किशोरजंग थापालाई सम्मान पत्र प्रदान गरेका हुन ।




















