फाईल तस्बिर
गोरखा – सरकारले आजदेखि तेस्रो चरणमा कोरोनाविरुद्धको खोप लगाउने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार जिल्लास्थित सबै सरकारी कार्यालय, सार्वजनिक संस्थान तथा बैंकका कर्मचारी, पत्रकार, स्थानीय तहका निर्वाचित जनप्रतिनिधिहरूलगायतले खोप लगाउने पाउने छन् ।
यस्तै सिमा सुरक्षा पोष्टमा खटिएका सुरक्षाकर्मी र पहिला छुटेका स्वास्थ्यकर्मी, स्वास्थ्य स्वयंसेवक, एम्बुलेन्स तथा शववाहन चालक, शव व्यवस्थापनमा खटिएका सुरक्षाकर्मीले खोप लगाउने पाउने मन्त्रालयले जनाएको छ ।
यसै बिच आज गोरखा सदरमुकामको गोरखा अस्पतालमा रहेको खोप केन्द्रबाट गोरखा नगरपालिकाका ७४ जना जनप्रतिनिधी, जिल्ला प्रशासन कार्यालयका १५ जना कर्मचारीले खोप लगाउने कार्यक्रम तय भएको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ ।
त्यस्तै गरी आजै राष्ट्रिय अनुसन्धानका १५ जना कर्मचारी, ३८ जना पत्रकार, समन्वय समितिका कर्मचारी जनप्रतिनिधी गरी १४ जनाले खोप लगाउने कार्यक्रम तय गरीएको कार्यालयले जनाएको छ ।
फागुन ८ गते सम्म सञ्चालनमा आउने तेस्रो चरणको खोप अभियान अन्तरर्गत जिल्लाको सिर्दीबास स्वास्थ्य चौकी, आरुचनौटे र जौबारी प्रार्थमिक स्वास्थ्य चौकी र गोरखा अस्पतालबाट खोप सेवा प्रदान गरिने छ ।
तेस्रो चरण अन्तरर्गत जिल्ला भित्रका कुल ३ हजार ५२ जनालाई खोप लगाउने लक्ष्य स्वास्थ्य कार्यालयले राखेको छ । जस मध्ये सिर्दीबार स्वास्थ्य चौकीले चुम नुब्री गाउँपालिका भित्रका १७८ जना, आरुचनौटे प्रार्थमिक स्वास्थ्य चौकी अन्तरर्गत आरुघाट, धार्चे र भिमसेन थापा गाउँपालिकाका ५७४ जनाले जनाले खोप सेवा पाउनेछन् ।
त्यस्तै गरी जौबारी स्वास्थ्य प्रार्थमिक स्वास्थ्य चौकी अन्तरर्गत सिरानचोक, बारपाक सुलिकोट र अजिरकोटका ४८१ जनाले खोप सेवा लिन सक्ने र गोरखा अस्पतालमा रहेको खोप केन्द्रबाट गोरखा र पालुङटार नगरपालिकाका साथै गण्डकी र शहिद लखन गाउँपालिका १ हजार ८१९ जनाले खोप सेवा लिन सक्ने कार्यालयले जनाएको छ ।
पहिलो चरणको खोप तोकिएका व्यक्तिहरुका लागि ४ लाख ३० हजार डोज तोकिएको भए पनि १ लाख ८७ हजार मात्र खोप खपत भएकाले सोही बचेको खोप यूएन एजेन्सी, कूटनीतिक नियोग, पत्रकारलाई दिने सरकारले निर्णयअनुसार गत सोमबारदेखि ५ दिन खोप लगाएको थियो ।
भारत सरकारले माघ ८ गते नेपाल सरकारलाई उपहार स्वरुप १० लाख डोज कोरोनाविरुद्धको खोप हस्तान्तरण गरेको थियो ।




















