गोरखा – जिल्लाको नौ किलो भन्ने स्थानमा बस र मोटरसाईकल एक आपसमा ठक्कर खादा १ जनाको मृत्यु भएको छ भने अर्का १ जना गंभिर घाईते भएका छन् ।
बिहिबार दिउसो २ः४५ बजे गोरखा नगरपालिका १२ को नौ किलो भन्ने स्थानमा आँबुखैरेनीबाट गोरखा तर्फ आउदै गरेको बाग्मती प्रदेश ०२–००२२ प ६४२२ नम्बरको मोटरसाईकल र गोरखाबाट आँबुखैरेनी तर्फ जादै गरेको ग.१ ख ४५२२ नम्बरको यात्रुबाहक बस एक आपसमा ठोकिदा मोटरसाईकलमा सवार चितवन घर भाई हाल राजधानीको मनमैजु बस्ने केशव दुवाडीको मृत्यु भएको हो ।
मोटरसाईकल चालक गोरखा जिल्ला सिरानचोक गाउँपालिका ८ घर भएका बिशाल पन्त भन्ने गंभिर घाईते भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । घाईते पन्तलाई तनहुँको आँबुखैरेनीमा रहेको छिम्केश्वरी अस्पतालमा सामान्य उपचार पछि थप उपचारकोलागी राजधानी लगिएको छ ।
दुर्घटना नौ किलो भन्ने स्थानको घुम्ती रोडमा भएको हो । दवाडीको गोरखा अस्पतालमा उपचार हुदाहुदै मृत्यु भएको हो ।
दुर्घटनामा संलग्न बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।




















