गोरखा – जिल्लाको बुंकोटमा १४ बर्षिया बालिकालाई जबरजस्ती करणी प्रयास गरेको भन्दै स्थानिय युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्लाको शहिद लखन गाउँपालिका ७ को बकेन्स्वाँरामा बालिकालाई युवकले ललाईफकाई आफ्नै घरमा नै लगेर जबरजस्ती करणी गर्ने प्रयास गरेको आरोपमा प्रहरीले युवकलाई नियन्त्रणमा लिएको हो ।
स्थानिय स्कुलमा कक्षा ८ मा अध्ययनरत बालिकाको अभिभावकले प्रहरीमा उजुरी दिए पछि युवकलाई नियन्त्रणमा लिएर जबरजस्ती करणी उद्योग मुद्वा दर्ता गरी अनुसन्धान थालीएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
घटना गएको सनिबार भएको कार्यालयले जानकारी दिएको छ । प्रहरीले नियन्त्रणमा लिएको युवकलाई गोरखा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान थालीएको छ ।




















