साँकेतिक तस्बिर
गोरखा – गोरखाको एक विद्यालयमा कक्षा १ मा अध्ययरत ४ वर्षिया बालिका बलात्कार गरेको आरोपमा १३ बर्षका बालक पक्राउ परेका छन् ।
पक्राउ परेको बालकले सोही विद्यालयमा अध्ययरत ४ बर्षिया बालिकालाई बिद्यालयकै शौचालयमा लगेर बलात्कार गरेको आरोप लागेको छ ।
छुट्टी भएर घर जाने क्रममा बालिकालाई शौचालयमा लगेर जवरजस्ती करणी गरेको भन्दै बालिकाको अभिभावकहरुले प्रहरीमा निवेदन दिए पछि बालकलाई पक्राउ गरी थप अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
गएको बुधबार भएको घटना बिहिबार अभिभावकले प्रहरीमा उजुरी दर्ता गराएको थियो । बालिकाको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको समेत प्रहरी कार्यालयले जानकारी गराएको छ ।




















