गोरखा – नेपाल विद्यार्थी संघ गोरखाले भागिरथीको हत्यारालाई कारवाहीको माग गर्दै सदरमुकाममा मैनबत्ती जुलुश निकालेको छ ।
बैतडी जिल्लाको दोगडाकेदार गाउँपालिका ७ की १७ वर्षीया भागिरथी भट्टको बलात्कार पछि हत्या गरिएको भन्दै हत्यारालाई तत्कालै पहिचान गरेर कानूनी दायरामा ल्याउन माग राख्दै नेविसंघले सदरमुकाममा मैनबत्ती जुलुश निकालेको हो ।
संघले सदरमुकामको पुरानो बसपार्कदेखि शक्तिचोक, कालिमाटी बजार हुदै लोकतान्त्रिक चोकमा आएर कोण सभा गरेको थियो । सभालाई संवोधन गर्दै नेविसंघका अध्यक्ष सुवास अधिकारीले तात्कालिन अवस्थामा निर्मला पन्तको हत्यारालाई समातेर कारवाही गर्न सकेको भए देशमा अरु महिलाहरुले त्यस्तो पिडा भोग्नु नपर्ने भन्दै भागीरथीको घटनामा पनि सरकारले त्यस्तै प्रबृती दोहराएको खण्डमा नरामे मुल्य चुकाउनु पर्ने चेतावनी दिए ।
जुलुशमा सहभागीहरुले विभिन्ननारा लेखिएका ब्यानर छातीमा टाँसेर हिडेका थिए ।
बिद्यालय गएकी भागिरथी घर नफर्कीए पछि खोजतलास गर्दा भोली पल्ट घर नजिकैको जंगलमा विभत्स अवस्थामा शव फेला परेको थियो । घटनाको बिषयमा अहिले सम्म पनि प्रहरीले सामान्य सूचना सम्म फेला पार्न सकेको छैन ।























