गोरखा – गोरखाको दोकुर्ने भन्ने स्थानमा टिपरले च्याप्दा १ जना युवकको मृत्यु भएको छ ।
दोकुर्नेबाट बाकोट तर्फ बालुवा लिएर जादै गरेको ग. १ ख ७५८८ नम्बरको टिपरले च्याप्दा बारपाक सुलिकोट ५ ताकुमाझलाकुरीबोट घर भएका ३८ बर्षिय लालबहादुर बरामको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाले पुष्टी गरेको हो ।
आइतबार राती ७ बजे भएको उत्त घटना पछी बरामलाई उपचारकोलागी गोरखा अस्पताल ल्याईएको भएता पनि ८:३० बजे चिकित्सकहरुले उनको मृत्त घोषित गरेका थिए ।
सोही टिपरमा सवार बराम झर्ने क्रममा टिपरको पछाडीको चक्काले शरिरको आधाभाग च्यापेको थियो ।
घटना लगतै जौबारी इलाका प्रहरी कार्यालयबाट पुगेको प्रहरी टोलीले टिपर र चालकलाई नियन्त्रणमा लिएको कार्यालयले जनाएको छ ।




















