गोरखा – गोरखाको २ वटा स्थानिय तहका २ जना पुरुषमा कोरोना संक्रमण पुष्टी भएको छ ।
जिल्लाको पालुङटार नगरपालिका र आरुघाट गाउँपालिकाका १/१ जना पुरुषमा संक्रमण देखिएको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले पुष्टी गरेको हो ।
निर्देशनालयले आज (आइतबार) जारी गरेको सूचना अनुसार पालुङटार नगरपालिका १ खोप्लाङ्गका २७ बर्षका पुरुषको पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा गरिएको स्वाब परिक्षणका क्रममा पोजेटिभ देखिएको हो ।
त्यस्तै गरी आरुघाट गाउँपालिका १ मान्बुका १८ बर्षका पुरुषको क्षयरोग उपचार केन्द्र पोखरामा स्वाब परिक्षण गर्दा पोजेटिभ देखिएको हो ।






















