गोरखा – गोरखाको पालुङटार नगरपालिकामा प्रहरीको कुटाईबाट ट्याक्टर चालक गम्भीर घाइते भएका छन् ।
बुधबार बिहान मध्य पहाडी राजमार्गमा पर्ने चेपे र मिर्दी खोलाको बिच भागमा क्रसरबाट ढुङ्गा लिएर भन्डारथोक जादै गरेका ट्याक्टरका चालक रामबहादुर बर्खेलमाथी प्रहरीले निर्धात कुटपिट गरेका हुन् ।
सादा पोशाकमा रहेका इलाका प्रहरीले कार्यालय ठाटिपोखरीका प्रहरी हवलदार टोपबहादुर थापाले उकालोबाटोमा आफुले रोक भनेको बेलामा ट्याक्टर नरोकेको भन्दै चालक बर्खेलमाथी कुटपिट गरेको पिडितले बताए ।
प्रहरी हवल्दार थापाको कुटाईबाट चालक बर्खेलेको टाउको र आँखा चोट लागेको छ । घाइते बर्खेललाई तत्काल उपचारका लागि भरतपुरमा पठाइएको स्थानीयबासी केशव न्यौपानले जानकारी दिए ।




















