गोरखा – जिल्ला प्रशासन कार्यालय गोरखाले बितेको ६ महिनामा कार्यालयबाट दिईएको सेवा र सुविधाको विषयमा समिक्षा गरेको छ ।
चालु आर्थिक बर्ष ०७७/०७८ को साउन देखीको पौष मसान्त सम्म कार्यालयबाट सेवाग्राहीले लिएको सेवा र सुविधाका बिषयमा सरोकारवाला निकायहरुलाई राखेर समिक्षा गरिएको हो ।
कार्यालयले गरेको कामका बिषयमा सहायक प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले सरोकारवालाई जानकारी गराएकी थिईन । खत्रीले प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराईले पद सम्हाले देखीका सुधार कामको विवरण समेत प्रस्तुत गरेकी थिईन ।
प्रजिअ भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा राजनैतिक दलका प्रतिनिधीहरु, सुरक्षा निकायका प्रमुख, सरकारी कार्यालयका प्रमुख एवं प्रतिनिधी र जिल्लामा क्रियाशिल सञ्चारकर्मीहरुको उपस्थिती रहेको थियो ।
कार्यक्रममा कार्यालयले कार्य सञ्चालन विधिको पुस्तिका समेत निर्माण गरेको जानकारी गराईएको थियो । उत्त पुस्तिकामा कार्यालयमा हुने कामकालागि आवश्यक कागजात र सम्वन्धीत कर्मचारीहरुको विवरण सामावेश गरिएको छ ।
पुस्तिका पालिकाको तल्लो स्तर सम्म पुरयाईने र कार्यालयको काममा सहजता ल्याउन पुस्तकले ठुलो भूमिका खेल्ने प्रजिअ भट्टराईले विश्वास ब्यत्त गरे ।




















