साँकेतिक तस्बिर
गोरखा – नेपाल मगर संघ गोरखाको हाता भित्र प्रदेश सरकारको सहयोगमा किचन सहितको डाईनिङ हल निर्माण हुने भएको छ ।
भूमि ब्यवस्था, कृषी तथा सहकारी मन्त्रालय मार्फत प्राप्त रकमले सदरमुकामको धारापानी क्षेत्रमा रहेको मगर संघको हाता भित्र किचन सहितको डाईनिङ भवन निर्माण हुने भएको हो ।
भवन निर्माणकालागि गण्डकी प्रदेश भौतिक पूर्वाधार बिकास मन्त्रालय मार्फत पूर्वाधार बिकास कार्यालय गोरखाले संघलाई ८ लाख रुपैयाँ उपलब्ध गराएको उपभोत्ता समितिका अध्यक्ष खिलबहादुर रानाले बताए ।
कुल लागत ९ लाख २९ हजार ५४० रुपैयाँ मध्ये बाँकी रकम श्रमदान मार्फत ब्यहोरिने गरी सम्झौता भएर काम शुरु भएको पूर्वाधार बिकास कार्यालय गोरखाले जनाएको छ ।
यसै आर्थिक बर्षमा सम्पन्न गर्ने गरी निर्माण शुरु भएको भवन सम्पन्न भए पछि २ हजार भन्दा बढी मानिस लाभान्वित हुने मगर संघका जिल्ला अध्यक्ष बिण्णु रानाले जानकारी दिए ।




















